• २०८१ बैशाख ७ शुक्रबार

इन्भेष्टमेण्ट बैंकको ७३औ शाखा सिन्धुपाल्चोकको पिस्करमा

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३औ शाखा विस्तार गरेको छ ।

१५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ३ अन्तर्गत त्रिपुरासुन्दरी गाउपालिकास्थित  पिस्करमा बैंकको शाखा खोलिएको हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र निजी क्षेत्रको बैंक रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै