• २०८१ बैशाख ८ शनिबार

ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा 

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ । 

ग्लोबल आइएमई बैंकले मिति २०७५ आषाढ १८ गते सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्गमा ९३ औँ, मिति २०७५ आषाढ १९ गते मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा ९४औँ र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा ९५औँ, यसैगरि मिति २०७५ आषाढ २० गते बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा ९६औँ, मिति २०७५ आषाढ २० गते बुधबार गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा ९७औँ सेवा सुरु गरेको छ । साथै मिति २०७५ आषाढ २२ गते शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र शुक्रबार नै गोरखा जिल्लाको  गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको हो ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको  मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होमर सिडिएमएरयुटिएल को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अस्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै