• २०८१ बैशाख ४ मंगलबार

उपकुलपतिमाथिको व्यवहार मानवअधिकार विरोधी -नेपाली काँग्रेस

kharibot

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारलाई नेपाली काँग्रेसले अपहरणको शैलीमा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निभाउने कार्यक्रम देशकै लागि महत्वपूर्ण भएपनि दुव्र्यवहार गरिएको भन्दै निन्दा गरेका छन् । 

“सरकारले कार्यक्रमको महत्वलाई बुझ्न सकेन, यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पु¥याएको छ”–विज्ञप्तिमा भनिएको छ । 

सरकारको व्यवहारको निन्दा गर्दै प्राज्ञिक क्षेत्रसँगै आम नागरिकसँगको व्यवहार र शैलीलाई सच्याउन नसके आगामी दिनमा चुनौती सामना गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । 

प्राध्यापक संघको निन्दा 

यसैगरी, क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिइसकेपछि उपकुलपति प्रा डा कोइरालामाथि दुव्र्यवहार गरिएको भन्दै संस्कृत विश्वविद्यालय प्राध्यापक संघले पनि निन्दा व्यक्त गरेको छ । 

संघले जारी गरेको विज्ञप्तिमा सरकारले प्राज्ञिक संस्थाका उपकुलपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि गरेको कृत्य लोकतन्त्र र मानवअधिकार विरोधी भएको उल्लेख छ । सादा पोसाक र बर्दीधारी प्रहरीले क्यानाडा जाँदै गरेको प्रतिनिधिमण्डलकै अघिबाट उपकुलपति कोइरालालाई घेरा हाली पक्रेर लगेको सभापति डा नवराज कट्टेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

सरकारको कामले संस्कृत क्षेत्रलाई क्षुब्ध बनाएको जनाइएको छ । उपकुलपति कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल क्यानाडा जाँदै थियो । कोइरालालाई दुव्र्यवहार गरी जान नदिएपनि अरु सदस्य भने क्यानाडा पुगेको संघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै