• २०८१ बैशाख ७ शुक्रबार

इरानमा खडेरी इजरायललाई दोष ? हिउँ र बादल चोरेको एक जनरलको आरोप !

kharibot

प्रमुख ब्रिगेडियर जनरल घोलाम रेजा जलाली

मध्यपूर्वी एसिया । एक जना इरानी जनरलले इजरायलमाथि लगाएको आरोपले सामाजिक सञ्जाल र अनलाइनमा तहल्का पिटेको छ । ती जनरलले आफ्नो आकाशको बादल नै इजरायलले चोरेको कारण सुख्खा र खडेरीको सामना गर्नुपरेको आरोप लगाएका हुन् । 

इरानका नागरिक सुरक्षा संस्थाका प्रमुख ब्रिगेडियर जनरल घोलाम रेजा जलालीले यस्तो आरोप पत्रकार सम्मेलनमा लगाएको मेट्रो युकेमा समाचार छ । उनको आरोपपछि इरानका मौसम प्रमुख नै चकित भएको जनाइएको छ । 

उनका अनुसार इरानमा भइरहेको मौसम परिवर्तन शंकास्पद रहेको र बाह्य तत्वको संलग्नता हुनसक्नेछ । त्यसपछि उनले इरानको एउटा वैज्ञानिक अध्ययनले आफ्नो दाबीको पुष्टि गरेको जिद्दी गरे । उनले बादल र हिउँ इजरायलले चोरेको बताए । अझ उनको के दाबी छ भने अफगानिस्तान र मध्यक्षेत्रको २२ सय मिटर पर्वतीय श्रृंखलामा हिउँ भए पनि इरानका पहाडमा भने हिउँ नै नभएको उनले दाबी गरेका थिए । 

तर इरानकै अन्य व्यक्तिहरुले भने उनको कुरामा सहमत नभएको बताइएको छ । यसअघिका इरानी राष्ट्रपति महमद अहमदजिनेजादले पनि पश्चिमा देशहरुले इरानमा खडेरी पारेको दाबी गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै