• २०८१ बैशाख ८ शनिबार

चर्चित पपगायक जस्टिन बीबरले गरे अमेरिकी मोडलसँग इन्गेजमेन्ट 

kharibot

काठमाडौँ । चर्चित पप गायक जस्टिन बीबरले इन्गेजमेन्ट गरेका छन् । 

२४ बर्षिय बीबरले अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । बीबरको इन्गेजमेन्टपछि उनका माता पिताले सामाजिक संजालमा खुशी व्यक्त गरेका छन् ।

लामो समयसम्म गायिका सेलेना गोमेजसँग अफ्येर्समा रहेका बीबर गोमेजसँगको ब्रेकअपपछि हेलीको नजिक आएको हलिवुडसम्बन्धि समाचार प्रकाशित गर्ने टिएमजेडले उल्लेख गरेको छ ।

२१ बर्षिय हेली अमेरिकन भोग, मेरी क्लेयर र स्पेनिस पत्रिका हापर्स बजार जस्ता म्यागजिनको कभरमा आइसकेकी छन् । यसका अलावा हेली कैयौ टेलिभिजन शो, म्युजिक भिडियो तथा विज्ञापनमा देखिईसकेकी छन् ।

हेली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुबहु नक्कल गर्ने अभिनेता एलेक बाल्डवीनकि भतिजी हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै