• २०८१ बैशाख १२ बुधबार

धितोपत्र बोर्डद्धारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक 

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्ष सकिनै लाग्दा आगामी आर्थिक बर्ष २०७५-०७६ को धितोपत्र तथा बस्तु बिनिमय बजार सम्वन्धी नीति सार्वनजिक गरेको छ । बोर्डले आज सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

दुई भागमा बाँढिएको उक्त नीति तथा कार्यक्रममा पहिलो भागमा बजारको बर्तमान अवस्था र दोस्रो भागमा आगामी आर्थिक बर्षको धितोपत्र तथा बस्तु बजार सम्वन्धी नीति तथा कार्यक्रमहरु रहेकाछन । 

प्रत्येक वर्ष तर्जुमा तथा कार्यान्वयन गर्दै आएको नीति तथा कार्यक्रमलाई रजत जयन्ती बर्षको अवसरमा आव २०७४—०७५ देखि प्रकाशन शुरुवात गरेकोमा वस्तु विनिमय बजार ऐन, २०७४ को व्यवस्था अनुसार यो बजार समेत बोर्डको नियमन जिम्मेवारीमा आएकोले यसलाई थप परिमार्जन गरी आव २०७५—०७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक चालु आव अर्थात २०७५ आषाढ भित्रनै प्रकाशन गर्न लागेको बोर्डले जानकारी दिएको छ । 

बोर्डका अनुसार आ.व. २०७५—०७६ को धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिएको छ । 

धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने तथा एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने लक्ष्य बोर्डले लिएको छ । 

यस्ता छन बोर्डको नीति तथा कार्यक्रमको उदेश्यहरु :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै