• २०८१ बैशाख १३ बिहीबार

बाढीले रतनपुरीको सडक विच्छेद, फास्ट ट्रयाकको सडक प्रयोग

kharibot

बारा । बाराको निजगढ-रतनपुरी जोड्न ग्रेभेलिङ्ग सडक बाढीले भत्काएसँगै सो सडक भएर आवत-जावत विच्छेद भएको छ । 

रतनपुरीबाट निजगढ आउँने र निजगढबाट रतनपुरी जान अहिले फास्ट ट्रयाकको निमार्णाधिन सडक स्थानीयले प्रयोग गरेका छन् । साविकको सडक लालबकैया खोलाले पूर्ण रुपमा कटान गरेपछि अहिले सेनाले निर्माणाधिन फास्ट ट्रयाक सडक प्रयोगका लागि खुल्ला गरेको हो । 

राष्ट्रिय वन हुँदै गएको पुरानो उक्त सडक विगतका वर्षा याममा पनि पटक-पटक कटान गर्दै आएपनि वन क्षेत्र मास्दै सडक सार्दै आई रहेको थियो । वर्षामा जोखिमयुक्त सडकको बेलैमा उचित ब्यवस्थापन नगर्दा सडक सार्ने नाउमा फेरि बाराको वन क्षेत्र अतिक्रमणमा पर्ने पक्का भएको छ । 

यसरी यहाँ सडक सार्दा बकैया-नागमणी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र साँघुरिने भएको हो । 

जिल्ला वन बारा, जिल्ला भूसंरक्षण बाराले बेलैमा नदीबाट कटान हुने यस क्षेत्रलाई बेलैमा न्यूनिकरणको उपाय नअपनाउँदा एक दशक यता यसै ठाउँमा १० हेक्टर भन्दा बढी वन क्षेत्र बगरमा परिणत भई सकेको छ । 

निजगढ नगरपालिकाको वडा नं. १० देखि १३ नम्बर वडाका रतनपुरीका २० हजार स्थानीय यही सडक प्रयोगको अर्को विकल्प छैन् । अहिले मोटर साईकल, अटो, जीप, भ्यान, बस, मालबहाक ट्रक यही बन्दै गरेको फास्ट ट्रयाकबाट गन्तब्य पुग्नु पर्ने विवशता छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै