इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

खरीबोट
ad

काठमाडौँ / उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । 

प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । 

प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर–१५ जेठसम्म) र वर्षायाम (१६ जेठ–१५ मंसिरसम्म)मा प्रतियुनिट क्रमश ः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । 

आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । 

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उहाँले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । 

सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिती सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत  चार अर्ब ४७ करोड २९ लाख रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ । 

उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ । 
 

सम्बन्धित समाचार

भारतीय विद्युत्को भरमा दार्चुला

दार्चुला / दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ ।  सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात

रुदी ‘ए’ जलविद्युत्को निर्माण कार्य सम्पन्न

काठमाडौँ । पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातीत प्रगति नभइरहेको बेला निजी

आँखुखोला जलविद्युत्को १३ करोड ७६ लाख रुपैयाँको साधारण सेयर आजबाट

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १३ करोड ७६ लाख दुई हजार रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले असोज २३ गते आज मंगलबारबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जाप्रति आपत्ति

दमौली। तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति


z