• २०८३ जेठ २६ मंगलबार

बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित

हेटौडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले शुभकामना दिएसँगै प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्यसूचीमा समावेश गरिएका विषयहरू हटाइएको जानकारी गराएका दिए । उनले प्रदेशसभाको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दलबीच लामो समयदेखि जारी मतभेट नटुंगिएका कारण प्रदेशसभाको बैठक स्थगित गरिएको हो । प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

चालू आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको र संसद् आह्वान गरेर बैठक सञ्चालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट बन्दै आएको छ ।

बागमती प्रदेशमा एमालेसँगको साझेदारीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बनेसँगै प्रतिपक्षी दलहरू सरकारविरुद्धको मोर्चाबन्दीमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै