• २०८१ बैशाख ७ शुक्रबार

राजदुतावासले वृद्धि गरेको राजस्व फिर्ता गर्न तरुण दल जापान शाखाको चेतावनी  

kharibot

टोकियो । नेपाल सरकारमार्फत नेपाली राजदुतावास जापानले विभिन्न शिर्षकमा राजस्व वृद्धि गरेको भन्दै नेपाल तरुण दल जापान शाखाले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै तरुण दल जापान शाखाले राजस्व वृद्धिको बिरोध गरेको हो ।

नेपाल सरकारको निर्णय अनुसार श्रावण १ गते देखि लागू हुने गरि विभिन्न शिर्षकमा राजदुतावासले शुल्क वृद्धि गरेको सुचना प्रकाशित गरेको छ ।

वृद्धि गरिएको शुल्क अभिलम्ब फिर्ता गर्न राजदुतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको तरुण दल जापानका अध्यक्ष युवराज अधिकारीले बताए ।

परदेशमा रहेका नेपालीहरुको सहजीकरणका लागि खोलिएको दूतावासले यसरी शुल्क वृद्धिले जापानमा बस्ने नेपालीहरु प्रभावित हुने र सरकार गैर जिम्मेदारी रहेको पुष्टि भएको भन्दै तरुण दलले यथाशिघ्र वृद्धि गरिएको शुल्क फिर्ता लिन चेतावनी दिएको छ ।

दुतावासले श्रावन १ गते देखि लागु हुने गरि विवाह दर्ता, नाता प्रमाणित, मृत्यु दर्तालगायतका कागजातमा ६ हजार, अधिकृत वारेश नामाको २४ हजार, त्यस्तै राहदानी नविकरणको १८ हजार, राहदानी हराएको वा च्यातिएमा ३६ हाजर, १० बर्ष मुनकाको राहदानी बापत ९ हजार, यात्रा अनुमति पत्रको ५ हजार दस्तुर तोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै