• २०८१ बैशाख ७ शुक्रबार

थाइल्याण्डमा गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

kharibot

बैंकक ।  गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । 

स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । 

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए । 

उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । 

“आउदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,” अस्पतालका एक अधिकारीले भने । उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चार माध्यमलाई अन्तवार्ता नदिन सुझाव दिइएको छ । 

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए । 

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै