• २०८१ बैशाख १२ बुधबार

दोस्रो एकदिवसीय क्रिकेटमा इङल्याण्डद्वारा भारत पराजित, जोए रूटले हाने शतक 

kharibot

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा इङल्याण्डले भारतलाई पराजित गरेको छ ।

इङल्याण्ड भ्रमणमा रहेको भारत इङल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा ८६ रनले पराजित भएको छ । इङल्याण्ड जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ ।

इङल्याण्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा सबै विकेट गुमाउदै केबल २३६ रन मात्र बनाएपछि खेल ८६ रनले गुमाएको थियो ।

भारतक लागि सुरेस रैनाले सर्वाध्क ४६ रन बनाए भने कप्तान विराट कोहलीले ४५, महेन्द्र सिंह धोनीले ३७ तथा शिखर धवनले ३६ रनको योगदान दिएका थिए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा इङल्याण्डका बलर लिआम पलंकिटले ४ विकेट लिएका थिए भने डेभिड विलि र अडिल रसिदले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै ३२२ रन बनाएको थियो । इङल्याण्डका लागि जोए रुटले सर्वाधिक ११३ रनको पारी खेलेका थिए भने कपातन इओन मोर्गनले ५३ र् डेभिड विलिले ५० रनको पारी खेलेका थिए । भारतका लागि कुलदीप यादवले ३ विकेट लिएका थिए ।

इङल्याण्डका जोए रूट खेलको म्यान अफ द म्याच बनेका थिए । सिरिजको अन्तिम तथा निर्णायक खेल आगामी मंगलबार हुने छ ।            
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै