• २०८१ बैशाख ६ बिहीबार

विश्वकप फाइनलको पहिलो हाफमा फ्रान्स २-१ गोलले अगाडी 

kharibot

काठमाडौँ । विश्वकप फुटबलको फाइनलको पहिलो हाफमा फ्रान्सले २-१ गोलको अग्रता लिएको छ ।

फ्रान्सका लागि एक गोल एन्टोनी ग्रिजम्यानले पेनाल्टीबाट गरे भने एक गोल क्रोसियाका मारियो म्यान्डुजकिकले आत्मघाती गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि एक गोल इभान पेरिसिकले गरेका थिए ।   

खेलको १८औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले हानेको फ्री-किक क्रोसियाका मारियो म्यान्डुजकिक हेड गरेको बल आफ्नै पोस्टमा बल छिरेपछि फ्रान्सले अग्रता लिएको थियो ।  म्यान्डुजकिक विश्वकप फुटबलको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

क्रोसियाले खेलको २८औ मिनेटमा जवाफी गोल फर्काउदै खेल १-१ गोलको बराबरी भएको हो । क्रोसियाका लागि इभान पेरिसिकले गोल गरेका हुन् ।  

त्यस्तै फ्रान्सले खेलको ३८औ मीने मा पाएको पेनाल्टीलाई ग्रिजम्यानले गोल गर्दै २-१ को अग्रता लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै