• २०८१ बैशाख १२ बुधबार

इङल्याण्डका ह्यारी केनले जित विश्वकपमा गोल्डेन बुट

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा इङल्याण्डका ह्यारी केनले  गोल्डेन बुट जितेका छन् ।

विश्वकपमा खेलेका ७ खेलमा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केन विश्वकपमा गोल्डेन बुट जित्ने इङल्याण्डको दोस्रो खेलाडी बनेका छन् । यस अघि सन् १९८६ विश्वकपमा इङल्याण्डका गेरी लिनकरले गोल्डेन बुट जितेका थिए ।   

यस विश्वकपमा फ्रान्सका एन्टोनी ग्रिजम्यान, फ्रान्सकै किलीयन एम्बाप्पे, बेल्जियमका रोमेलु लुकाकु, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, रसियाका डेनिश चेरशिभले ४-४ गोल गरेका छन् । 

त्यस्तै उरुग्वेका एडिनसन कभानी, रसियाका अर्टीम डिजीउबा, स्पेनका डिएगो कोष्टा, बेल्जियमका इडेन हजार्ड, कोलोम्बी का यारी मिनाले यस विश्वकपमा ३-३ गोल गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै