• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा सहभागी कुन देशले कति पैसा पाए ?

kharibot

काठमाडौँ । विश्वकपको फाइनल खेल हुने लाग्दा विश्वकप जित्ने टिमले कति पुरस्कार पाउला भन्ने कौतुहलता हुनु स्वाभाविकै हो । 

क्रोसियालाई फाइनल खेलमा ४-२ गोल अन्तरले पराजित गरेपछि फ्रान्सले ३८ मिलियन डलर अर्थात् ४ अर्ब १० करोड नेपाली रुपैयाँ पुरस्कार स्वरूप जितेको छ । 

फाइनलमा पुग्ने दुई टिमबीच कुल ६६ मिलियन डलर बाडिने फिफाले घोषणा गरेअनुसार फ्रान्सले ३८ मिलियन अमेरिकी डलर जितेको छ भने दोस्रो भएको क्रोसियाले २८ मिलियन डलर अर्थात् ३ अर्ब २ करोड नेपाली रकम जितेको छ ।

त्यसैगरि सेमिफाइनलमा पुगेर फाइनल पुग्न अफसल भएका दुई टिममा ४६ मिलियन डलर बाडिने छ । जसमा तेस्रो स्थान हासिल गर्ने टिम बेल्जियमले २४ मिलियन डलर अर्थात् २ अर्ब ५९ करोड नेपाली रुपैयाँ र चौथो हुने देश इङल्याण्डले २२ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड नेपाली रुपैया जितेका छन् ।

त्यस्तै क्वाटरफाइनलमा पुग्ने टिमले थप ४ मिलियन थप गरि १६ मिलियन डलर अर्थात् एक अर्ब ७२ करोड नेपाली रुपैयाँ पाउने छन् । यो रकम पाउने देशमा उरुग्वे, स्विडेन, ब्राजिल र रसियाले यो रकम जितेका छन् । 

त्यस्तै विश्वकपको समुह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब २९ करोड नेपाली रुपैयाँ रकम पाउने छन् । यो रकम पाउने देशमा पोर्चुगल, अर्जेन्टिना, कोलोम्बिया, स्विटजरल्याण्ड, जापान, मेक्सिको, डेनमार्क र स्पेन रहेका छन् । 

त्यस्तै विश्वकपमा भाग लिएर समुह चरणबाट बाहिरिएका देशले पनि रम्रो रकम पाउछन् । समुह चरणबाट बाहिर हुने देशले कम्तिमा पनि ८ मिलियन डलर अर्थात ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन् ।  यो रकम पाउने देशमा जर्मनी, दक्षिण कोरिया, पोल्याण्ड, सेनेगल, नाइजेरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया, मोरक्को, इजिप्ट, पेरु, आइसल्याण्ड, पानामा, सर्बिया, कोष्टारिका र ट्युनिसिया रहेका छन् ।

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ बनाएको थियो । 

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलर अर्थात् ३८ अर्ब ६६ करोडको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अर्थात् ३ अर्ब ७८ करोड पुरस्कार लगेको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २५ मिलियन २ अर्ब ७० करोड पाएको थियो । विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख डलर अर्थात् ८६ करोड ४० लाख रकम पाएका थिए । 

यस विश्वकपमा ४ सय मिलियन अमेरिकी डलर अर्थात लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कारको रुपमा फिफाले वितरण गरेको छ । 

(अमेरिकी डलर १ बराबर १०८ नेपाली रुपियाँ अनुसार हिसाब गरिएको छ)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै