• २०८१ बैशाख ४ मंगलबार

विपदबारे प्रारम्भिक सुचना संकलन गर्न मोबाइल एप्सको प्रयोग गरिने  

kharibot

काठमाडौँ ।  विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण सँकलन फारम र मोबाइल एप्लिकेशन तयार भएको छ । 

यो फारम र एप्लिकेशन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरु रहेका प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेशन तयार पारिएको हो । 

हिजो राजधानीमा भएको एक कार्यक्रममा एप्लिकेशनको मुख्य विशेषता तथा फाराममा भएका बुँदाबारे जानकारी दिइयो । गृह मन्त्रालयका उपसचिव एवम् विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा÷राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यको अध्यक्षतामा बसेको परामर्श वैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, युएनएफपीए, डीडब्लुसी, वल्र्ड एजुकेशन, एफएओ, विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, युएनआरसीओ, सेभ द चिल्ड्रेन, सीसीडीआरआर, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, डेनिस रेडक्रस, अमेरिकन रेडक्रस, इकेसोलुसन लगायतका सरोकारवाला निकायका ३१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

परिमार्जित फारम र यो एप्समा विपद् भएको २४ घण्टाभित्रका सुचना रेकर्ड गर्न सकिनेछ । यसले प्रभावित व्यक्तिको मूलभूत विवरण सहित, विपद् भएको स्थानको तत्कालिन अवस्था, यातायात तथा सडकको अवस्था, प्रभावितको संख्या, विद्यालय, अस्पतालको अवस्था, खानेपानी लगायतको अवस्थाबारे नक्शांकन सहित २४ घण्टाभित्रको सुचना निकाल्न सकिने र ति सुचनाहरु तत्काल केन्द्रीय सर्भरमा रेकर्ड हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यो एप्सको प्रयोग नेपाल प्रहरी, गाउँ तथा नगरपालिका प्रतिनिधि तथा स्थानीय रेडक्रस प्रतिनिधि लगायतले गर्न सक्नेछन् । एप्लिकेशनको प्रारम्भिक परीक्षणको काम छिटै सकिने र यसै वर्षादेखि मोवाइल एप्लिेकेशनबाट सूचना सँकलन गर्न सुरु गरिने वैठकमा जानकारी दिइयो ।  
 
यो एप्सले विपद् भइसकेपछि सम्बन्धित स्थानमा गएर फाराम भर्दा समय धेरै लाग्ने जसका कारण प्रभावितहरुले चाडोँ उद्धार हुन नसक्दा आइपर्ने थप समस्याहरुको अन्त्य गर्नेछ ।  साथै सम्बन्धित विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारम अनुसार संकलित सूचनाले विपद्को प्रारम्भिक चरणमा उपयुक्त निर्णय लिने कार्यका लागि आधार तय गर्ने र बिस्तृत रुपमा अतिरिक्त लेखाजोखा गर्नुपर्ने आवश्यकतालाई पहिल्याउनेछ । एप्लिकेशन तयारीमा अमेरिकन तथा डेनिश रेडक्रस, इको,  इकेबाना सोलुसन प्रालि लगायतको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै