क्रोसियाली टिमको घरमा विश्वकप जिते जस्तै स्वागत (फोटो फिचर)

खरीबोट
ad

काठमाडौँ । विश्वकपको फाइनलमा पराजित भएको क्रोसियाका खेलाडीलाई आफ्नो देशमा विजेताको रुपमा स्वागत गरिएको छ । 

क्रोसियाको राजधानी जाग्रेबको बाना जेलासिसा स्क्वायरमा लाखौको संख्यामा उपस्थित क्रोसियालीले आफ्ना विश्वकपका हिरोहरुलाई स्वागत गरेका हुन् । फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएपनि क्रोसियाले पहिलो पटक फाइनलसम्म पुगेर नयाँ इतिहास बनाएको थियो । 

कप्तान लुका मोड्रीच सिल्भर मेडल लगाएर आफ्नो टिमको विश्वकपको प्रदर्शन प्रति गर्वगर्दै यो सफलतालाई सेलिब्रेशन गर्नुपर्ने बताए । उनले फाइनल नजित्नु दुखद भएपनि विश्वकपमा पाएको सफलता निकै ठुलो भएको बताए । आफ्ना खेलाडीहरुलाइ स्वागत गर्न लाखौको संख्यामा दर्शक देशको जर्सी लगाएर उपस्थित भएका थिए । यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मोड्रीचले गोल्डेन बल जितेका थिए ।   


 

सम्बन्धित समाचार

नेपालमा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौँ। नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ ।  हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद

नेपाल टि-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौट प्रतियोगिताको च्याम्पियन 

काठमाडौँ। नेपाल आईसीसी टि-२० विश्वकप एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको बिजेता बनेको छ। प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँगको खेल वर्षाले बाधा पुर्याएपछि नेपालले सिंगापुरले एक एक अंक बढ्दै प्रतियोगितामा अपराजित भएका

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान  

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएर  बलर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नयाँ किर्तिमान बनाएका छन्।  प्रतियोगितामा सन्दीपले ६ खेलमा कुल

सिंगापुर ८१ रनमा अल आउट, सन्दीपले लिए ४ विकेट 

काठमाडौँ । मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग सिंगापुरले १७.३ओभरमा अल आउट


z