• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फुटबल विजेता फ्रान्सका खेलाडीहरुलाई पेरिसमा भव्य स्वागत (फोटो फिचर)

kharibot

काठमाडौँ  । विश्वकप फुटबल जितेको फ्रान्सका खेलाडीहरुलाई पेरिसमा भव्य स्वागत गरिएको छ  । 

पेरिसमा विजेता खेलाडीलाई स्वागत गर्न ५ लाख मानिसहरु भेला भएका थिए । विश्वकप ट्रफिसहित पेरिस पुगेका खेलाडीहरुलाई पेरिसको सडकमा भव्य स्वागत गरिएको थियो ।

फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थल देखि नै भव्य स्वागत गरिएको थियो । 

खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरिएको छ । यसैबीच फ्रान्सेली विश्वकप विजेता टिमलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिने भएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जानकारी दिइएको बिबिसीले जनाएको छ । 

पेरिसमा फुटबल प्रशंसकले आइतबार रातभर जितको खुशीयाली मनाएका थिए । केही ठाउँमा हिंसात्मक घटना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकोमिडिया रिपोर्टमा जनाइएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै