• २०८१ बैशाख १२ बुधबार

आर्यन अधिकारी र सृष्टि श्रेष्ठको ‘बाँध मायाले’ को टीजर सार्वजनिक

kharibot

काठमाडौँ  । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । 

सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव-नायकको रुपमा डेव्यु गर्दैछन् । 

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । 

फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै