• २०८१ बैशाख ७ शुक्रबार

मदनकृष्णको आत्मकथा ‘महको म’ को विमोचन 

kharibot

मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा मदनकृष्ण श्रेष्ठको आत्मकथा ’महको म’ विमोचन गर्दै हरिवंश आचार्य । तस्वीर : नवीन पौडेल, रासस

काठमाडौँ ।  मदनकृष्ण श्रेष्ठको आत्मकथा 'महको म'को कलाकार एवं लेखक हरिवंश आचार्यले एक कार्यक्रमका बीच विमोचन गरेका छन् । 

काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा मदनकृष्ण श्रेष्ठको आत्मकथा विमोचन भएको हो ।

मदनकृष्णभन्दा अघि नै आत्मकथा र उपन्यास लेखेका हरिवंश आचार्यले आत्मकथाको प्रशंसा गरेका थिए । हरिवंशले आत्मकथाको प्रसंशा गर्दै भने, 'मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन। म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु।’ उनले मदनकृष्णलाई 'जीवनसाथी भन्न नमिले पनि जीवनदाइ भन्न मिल्ने' भन्दै दर्शकलाई हँसाएका थिए । 

लामो समय कलाकारिता, गायन, संगीत, समाजसेवामा लागेका मदनकृष्णको यो दोस्रो पुस्तक हो। उनले यसअघि बालकथासंग्रह 'साझा पृथ्वी' लेखेका थिए। मदनकृष्णले आत्मकथा लेखन सजिलो हुने बताउदै उपन्यास र कथामा जस्तो कल्पनामा डुब्ने नभई आफूले भोगेका कुरा कापीमा सार्नुपर्ने भएकोले यो सहज भएको बताए । तर, आफूलाई भने यो किताब लेख्न छ वर्ष लागेको बताउदै भने, 'बीचमा श्रीमतीलाई क्यान्सर भएकोले दुई वर्ष लेख्न भ्याइनँ, लेख्ने मुड नै बनेन, पीडा भयो। पछि पार्किन्सनले मलाई भेट्यो। अक्षर लेख्दा औँला नै सरेन अनि छ वर्ष लाग्यो।' 

मदनकृष्ण श्रेष्ठको आत्मकथा ’महको म’ विमोचन कार्यक्रममा श्रीमती यशोदा सुवेदीसँग मदनकृष्ण श्रेष्ठ । तस्वीर : नवीन पौडेल, रासस


उनले लेख्दालेख्दैको आत्मकथा कतै पूरा नहुने हो कि भन्ने आशंका उब्जेको बताउदै भने, 'कलम चलाउन र सार्न गाह्रो भयो, लाग्यो मेरो बायोग्राफी पूरा नहुने भयो।' उनले छोरा यमनले र हरिवंश आचार्यले बाँकी लेखिदिन्छौँ भनेको तर पाठकले थाहा नपाए पनि आफ्नो मनले नमान्ने भएकोले आफैँले लेखेको बताए । 

कार्यक्रममा मदनकृष्णका छोरा यमन श्रेष्ठले खोलावारि खोलापारि पिपलु र वर हावा चल्यो पात हल्यो माया वरवर गीत प्रस्तुत गरेका थिए । मदनकृष्णका छोरा यमनले यो गीतले पनि उपस्थित दर्शकलाई मुग्ध पारेका थिए । 

छोरा यमन श्रेष्ठले बुबाले बैंककमा लेखेको गीत पनि प्रस्तुत गरे। 'नभएको भए यहाँ माया भन्ने कुरा/पृथ्वी त रगतमा डुबिसक्थ्यो पूरा…' गीत मदनकृष्णले श्रीमती यशोदा श्रेष्ठको क्यान्सर उपचारका क्रममा बैंककमा भएको बेला लेखेका थिए । त्यस्तै कार्यक्रममा मदनकृष्णले लेखेको गीतलाई छोरी सराहना श्रेष्ठले पनि गाएकी थिइन् । 

आत्मकथालाई प्रकाशक संस्था फाइन प्रिन्टले बजारमा ल्याएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै