• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फाइनलमा मैदानमा प्रवेश गर्ने ४ जनालाई जेल सजाय

kharibot

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भैरहदा मैदानमा प्रवेश गर्ने ४ जनालाई रुसको अदालतले १५ दिनको जेल सजाय सुनाएको छ ।

खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्ने ३ जना महिला ए एक जना पुरुषलाई अदालतले १५ दिनको जेल सजाय सुनाएको हो । साथै उनीहरुलाई तीन बर्षसम्म कुनै पनि खेल हेर्न स्टेडियममा आउन पनि प्रतिबन्ध लगाइएको छ ।

प्रहरीको ड्रेसमा मैदानमा पुगेका चार जनाले आफुहरु बोल्ने स्वतन्त्रताका लागि, फिफाको फुटबल नीतिको विरोधमा मैदानमा गएको बताएका छन् ।  मैदानमा प्रवेश गरेकी कुराच्योभाले आफुहरुले खेल अवरुद्ध गरेकोमा खुशी व्यक्त गर्दै फिफा सबै राष्ट्र प्रमुखको साथि भएको र यसले मानव अधिकारको पनि उलंघन गरेको आरोप लगाइन ।

साथै उनीहरु रसियामा पुटिन विरोधी रहेको पनि खुलेको छ । उनीहरु मध्ये तीन जना यसअघि पनि पुटिनको विरोध गरेको आरोपमा सन् २०१२ मा जेल परेका थिए । 

खेलको महत्वपूर्ण समयमा उनीहरु मैदानमा पसेपछि क्रोसियाका डिफेन्डर डेजान लोभरेनले मैदानमा पसेका पुरुषलाई समातेर मैदानको बाहिर तानेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै