• २०८१ बैशाख ८ शनिबार

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

kharibot

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका अनुभवी क्रिकेटर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । 

विहिबार युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने घोषणा गरेका हुन् । सन्यासको घोषणासँगै अब शक्तिको खेलाडीको रुपमा यो टुर अन्तिम टुर हुने भएको छ ।

नेपालले साउन १३ मा लर्ड्स एमसीसी र नेदरल्याण्ड्ससँग त्रिकोणीय टी-२० सिरिज खेल्दै छ । त्यस्तै नेपालले एकिदिवसिय मान्यता पाएपछि अफिलो खेल  नेदरल्याण्ड्ससंग खेल्दै छ  । दुई खेलको सो सिरिज आगामी साउन १६ र १८ मा हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

पत्रकार सम्मेलनमा शक्तिले सन्यासको घोषणा गरेपनि नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा व्यक्त गरेका छन् । नेपाली क्रिकेटलाई शक्तिले गरेको योगदानको कदर गर्दै उनको बिदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिने भएको छ ।

सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन् । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा यु-१९ विश्वकप खेलेका थिए । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै