• २०८१ बैशाख १२ बुधबार

इन्भेष्टमेण्ट बैंकले पायो 'युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल' अन्तर्राष्ट्रिय पुरस्कार

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । 

प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले बुधबार हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहविच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई  प्रदान गरेको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार,  संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ  । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए । 

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा  तथा १०४ वटा एटिएम  छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

एस डेभलपमेण्ट बैंक लिको प्राप्तिपश्चात नेपाल इन्भेष्टमेण्ट बैंक लि.को आर्थिक वर्ष २०७४–७५ को तेस्रो त्रैमाशसम्ममा चुक्ता पूँजी रु.१०.६५ अर्ब पुगेको छ भने बैंकको प्राथमिक पूँजी रु. २०.९४ अर्ब पुगेको छ  । त्यसैगरी बैंकले रु १३०.२ अर्ब निक्षेप संकलन गरी रु ११८.८ अर्ब कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले रु २.८४ अर्ब खुद नाफा गर्न सफल भएको छ ।  तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७६ प्रतिशतमा सिमित पारेको छ ।

पाँच पटकसम्म  बैंक अफ द इयर प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ठ सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइसिआरए) नेपालबाट ए प्लसको मान्यता प्राप्त गरेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै