फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

खरीबोट

फाइल तस्विर । 

ad

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । 

बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । 

चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ । 

फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् । 

महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गरे । 

काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ । 
 

सम्बन्धित समाचार

सन्दर्भ विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

काठमाडौँ । विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ

दाङमा फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

दाङ । घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र

ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर

काठमाडौँ । मानव मलमूत्रीय फोहरलाई व्यवस्थित रुपमा सङ्कलन गरी व्यावसायिक रुपमा प्रयोग गर्न सके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।  सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आज यहाँ आयोजित

महानगर फोहोर व्यवस्थापन गर्न असफल, मुख्य चोकचोकमा फोहर थुप्रियो

काठमाडौँ। झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ ।  “फोहर लगेको


z