• २०८१ बैशाख ६ बिहीबार

राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने 

kharibot

फाइल तस्विर । 

काठमाडौं / नेपाल राष्ट्र बैंकले आज शुुक्रबार पनि १५ अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा निक्षेप संकलन उपरकण बिक्री गर्न लागिएको होे । 

परिपक्व हुुने मिती ६० दिन तोकिएको उक्त उपकरणको सावाँ तथा व्याज भुक्तानी मिती २०७५ असोज २ गते तोकिएको छ । खरिदकर्ताहरु उक्त उपकरण धितो राखेर राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा समेत निकाल्न सक्नेछन । खरिदकर्ताहरुको लागि घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको सिमा तोकिएको छ । 

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकोले सो रकमलाई अनिवार्यनगद मौज्दादमा गणना गर्न पाईने छैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने तरलता अनुपातमा  भने गणना गर्न पाइने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै