• २०८१ बैशाख ७ शुक्रबार

क्रिस्टियानो रोनाल्डोले दिए २५ लाख टिप्स !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले एक रिसोर्टमा २५ लाख टिप्स दिएको खुलासा भएको छ ।  

विश्वकपमा उरुग्वेसँग पराजित भएपछि परिवारसहित छुट्टी मनाउन ग्रिस गएका रोनाल्डोले ग्रिसको रिसोर्टका कर्मचारीको सर्भिसबाट खुशी भएर ठुलो रकम टिप्स दिएको खुलेको छ ।  रोनाल्डोले रिसोर्टका सबै कर्मचारीलाई १७ हजार ८ सय ५० पाउण्ड टिप्स दिएको बताइएको छ ।  सो रकम नेपालीमा २५ लाख ५० हजार हुने गर्दछ । 

रोनाल्डो सोहि रिसोर्टबाट इटालियन क्लब युभेन्टससँग सम्झौता गर्न टुरीन शहर पुगेका थिए ।  त्यसअघि सोही रिसोर्टमा युभेन्टसका अध्यक्ष र रोनाल्डोबीच ट्रान्सफरका बारेमा छलफल भएको थियो । 

स्पेनको म्याड्रिड शहरबाट इटालीमा बसाई सर्ने तयारीमा रहेका रोनाल्डोले रिसोर्टको सर्भिस र सेवाबाट प्रभावित भएर ५ अंकको टिप्स दिएको बताइएको छ । 

हाल नाईकको फुटबल टुरका लागि चीन पुगेका रोनाल्डो युभेन्टसबाट सिरी ए को पहिलो खेल देखि नै खेल्ने बताएका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै