• २०८१ बैशाख ४ मंगलबार

ब्राजिलका 'नयाँ नेइमार' भिनिसीयस जुनियरलाई रियल म्याड्रिडले भित्र्यायो 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई भित्राएको छ । १८ बर्षिय भिनिसीयसलाई ब्राजिलका ‘नयाँ नेइमार’को रुपमा हेरिएको छ ।

रियल म्याड्रिडले उनीसँग गतबर्ष नै ४५ मिलियन युरोमा सम्झौता गरेको थियो ।  उनको उमेर १८ बर्ष नपुगेका कारण रियलले एक बर्ष पर्खेर शुक्रबार उनलाई औपचारीक रुपमा भित्राएको छ ।

उनलाई विश्वफुटब का नयाँ स्टारको रुपमा हेरिएको छ । १८ बर्षको उमेरमा नै उनले ब्राजिललाई अन्डर १७ को दक्षिण अमेरिकी च्याम्पियन बनिसकेका छन् । उनी ब्राजिलको क्लब फ्लामेन्गोबाट औपचारिक रुपमा रियल म्याड्रिड आएका छन् ।

को हुन् भिनिसीयस जुनियर ?

१० बर्षको उमेरदेखि फुटबल खेल्न थालेका भिनिसियसको जीवन २०१७ मा पुरै बदलियो । भिनिसियसले ब्राजिललाई अन्डर १७ को दक्षिण अमेरिकी च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले । सो प्रतियोगितामा ७ गोल गर्दै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नासाथ स्पेनिस महारथी रियल म्याड्रिडको नजरमा परे । रियलले गत मे मै उनलाई ४५ मिलियन युरोमा तुरुन्त साइन गरिहाल्यो । उमेर नपुगेका कारण भिनिसियस १८ बर्ष पुग्नासाथ रियल म्याड्रिडमा आएका हुन् ।  

सिनियर टिममा डेभ्यु गर्न बाँकी रहेका भिनिसियसलाई रियलले दिएको अफर सबैका लागि आश्चर्य पर्ने खालको थियो ।

भिनिसियस १३ बर्षकै उमेरमा ब्राजिलको अन्डर १५ टिममा परेका थिए । उनले २०१५ को दक्षिण अमेरिकी च्याम्पियनसिपमा ब्राजिललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।

सो प्रतियोगितामा उनले ६ खेलमा ६ गोल गरे भने ५ गोल असिस्ट पनि गरे ।  १७ बर्षको उमेरमा ब्राजिललाई दुई पटक कन्टिनेन्टल च्याम्पियनसिपको उपाधि जिताई सकेका भिनिसियस अब रियल म्याड्रिडमा व्यावसायिक फुटबल खेल्न तयार छन् ।  

भिनिसियसले आफु रियल म्याड्रिडका डेभ्यु गर्न अत्यन्त उत्साहित रहेको बताएका छन् । यसअघि उनले क्रिस्टियानो रोनाल्डोसँग कुरा गरेको र रोनाल्डोले आफुलाई शुभकामना दिदै रियलमा खेल्न कहिले आउने भनेर सोधेको बताएका थिए । आफु रोनाल्डोको खेलबाट प्रभावित भएको बताउदै भिनिसियसले आफ्नो आइडल भने नेइमार नै रहेको बताए ।

गत मे मा क्लब फुटबलमा सिनियर टिमबाट डेभ्यु गरेका भिनिसियसले आफ्नो बचपनको हिरो रोबिन्होविरुद्ध खेलेका थिए । सो खेलका बारेमा बोल्दै उनले भने,‘त्यो मेरो र मेरो परिवारको सपना पुरा भएको दिन थियो ।’

रोबिन्होलाई आफु सानो छदा आफ्नो आइडियल मानेपनि उनि नेइमार र रोनाल्डिन्होको खेलबाट बढी प्रभावित रहेको बताउछन् ।

भिनिसियस खेलाडीको रुपमा पूर्ण फुटबलरको रुपमा अगाडी आएका छन् । उनि अत्यन्त छिटो छन् र स्किलफुल पनि देखिन्छन् । विरोधी डिफेन्डरलाई अत्यन्तै छिटो झुकाउन उनि माहिर देखिन्छन् । साथै ब्राजिलको परम्परागत ड्रीबलिङमा पनि उनि उत्कृष्ट देखिएका छन् । उनले आफ्ना दुवै खुट्टाबाट लामो दुरीमा पास दिन सक्ने क्षमता राख्छन् । भिनिसियसलाई ब्राजिलका ‘नयाँ नेइमार’ को उपाधि दिइएको छ ।

आफुलाई नयाँ नेइमारको उपाधि दिएकोमा उनी भन्छन्, ‘मैले यस कुरालाई त्यति ध्यान दिदैन, तर मैले जहिले पनि नेइमारको खेललाई हेरिरहेको हुन्छु । पछिल्लो समय म उनीसँग बढी नै सम्पर्कमा छु ।’

तर म अर्को नेइमार भन्दा पनि मेरो आफ्नो करिअर आफ्नै किसिमले बनाउन चाहन्छु जसले सम्पूर्ण ब्राजिललाई खुशी राख्न सकोस् । 

ब्राजिलको क्लब फ्लामेन्गोबाट अहिले सिनियर लेभलमा व्यावसायिक फुटबल खेलिरहेका भिनिसियस धेरै जसो खेलमा बेन्चमा बसेपनि ६९ खेलमा १४ गोल गरेका छन् । 

अब उनको लक्ष्य ब्राजिलको सिनियर टिम रहेको उनले बताएका छन् ।  रियल म्याड्रिड गएर आफ्नो सपना पुरा भएको भएपनि आफ्नो प्रमुख लक्ष्य छिटो भन्दा छिटो राष्ट्रिय टिममा डेभ्यु गर्ने रहेको बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै