• २०८१ बैशाख १३ बिहीबार

राहुल गान्धीले भारतको संसदमै गरे प्रधानमन्त्री मोदीलाई अंकमाल

kharibot

नयाँदिल्ली  ।  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ । 

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका हुन् । 

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ । 

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेका हुन् । विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ । 

सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका थिए । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका थिए । 

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो ।

उनले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै