• २०८१ बैशाख ७ शुक्रबार

नेपालले हम्पशायर हग्स क्रिकेट क्लबसँग आज पहिलो अभ्यास खेल खेल्दै 

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम लन्डन पुगेको छ । त्रिकोणात्मक टि-२० श्रृखंला र नेदरल्याण्डसँग ऐतिहासिक  पहिलो एकदिवसीय सिरिज खेल्न लन्डन पुगेको नेपाली टीमले आज लण्डनको प्रतिष्ठित क्लब हम्पशायर हग्स क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खेल्दै छ ।

यो खेल स्थानीय समय अनुसार ११ बजे र नेपाली समय अनुसार अपराह्न ३:४५ बजे हुदै छ । 

हग्स क्लब सन् १९८० पछि पहिलो पटक आइसिसी रजिष्टर्ड देशसँग खेल्न लागेको हो । १९८० मा हग्स न्युजील्याण्डसँग अभ्यास खेल खेलेको थियो । हग्स क्लब सन् १८७७ मा स्थापना भएको बेलायतको प्रतिष्ठित क्रिकेट क्लब मानिन्छ । 

नेपालले आफ्ना असिफियल खेल खेल्नु अघि ४ अभ्यास खेल खेल्ने भएको छ ।जसमा साउन ५ गते हग्स क्लबसँग अभ्यास खेल (५० ओभर खेल), साउन ७ गते सेन्ट क्रस क्लबसँग (टि-२० खेल), साउन ९ गते इस्ट लन्डन एघारसँग ( ५० ओभर खेल), साउन १० गते इस्ट लन्डन शार्कसँग ( टि-२० खेल) रहेका छन् ।

अभ्यास खेलपछि  नेपालले मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंलामा जुलाई २९ अर्थात साउन १३ गते खेल्दै छ । जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता पनि दिएको छ ।

२० ओभरको खेलमा नेपालले पहिलो खेल एमसीसीसँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डससँग  प्रतिस्पर्धा गर्नेछ । एमसीसीको नेतृत्व श्रीलंकाका खेलाडी महिला जयवर्दनेले गर्ने एमसीसीले जनाएको छ । 

नेपालले एकदिवसीय मान्यता पाएपछि खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टि-२० खेललाई आसिसीले अन्तर्राष्ट्रिय टि-२० को मान्यता दिएको हो । 

लर्डसमा ट्राइसिरीज खेलेपछि टिम पहिलो अन्तराष्ट्रिय एकदिवसिय खेलका लागि नेदरल्याण्डस् जानेछ । जसमा नेपालले घरेलु टिमसँग दुई एकदिवसिय खेल खेल्नेछ । नेपाल र नेदरल्याण्डसबीच अगस्ट १ र ३ अर्थात साउन १६ र १८ गते दुई एकदिवसीय खेल हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै