कर लगाएपछि व्यवसायीको आन्दोलनले भक्तपुरमा खानेपानीको हाहाकार

खरीबोट

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । 

नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् । 

नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताए । 

उद्योगीहरुले नगरपालिकालाई एकमुष्ट कर तिर्न तयार रहेको बताउ“दै उहाँले पानीमा बाटो बाटोमा बसेर ठेकेदारमार्फत पानीमा निकासी कर लगाउनु नाजायज भएको जिकिर गरे । 

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले विगतमा पनि पानी उद्योगबाट कर लिँदै आएको बताउँदै उद्योग एवं व्यवसायीले कर तिर्नुपर्ने बताए । 

उहा“ले राजश्व परामर्श समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राखेर बोर्ड र परिषद्ले पानीको कर पास गरेको बताउँदै यसबारे पुन : समितिसँग छलफल गरिने बताए । भक्तपुरको झौखेलमा रहेको १५ भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा रहेका छन् । यहाँको पानी भक्तपुरसँगै काठमाडौँ उपत्यकामा बिक्री हुँदै आएको छ । 

सम्बन्धित समाचार

जलेश्वर नगरपालिकाका उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार

हिमा गाउँपालिकाले दुई गाउँमा बनायो प्रत्येक घरमा धारा

जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण

सहसचिवको आरोपप्रति खानेपानी मन्त्रालयको आपत्ति, के हो पुरा प्रकरण ?

काठमाडौँ । खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ ।  मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार

पाँचथरको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी सुविधाका लागि एक अर्ब लगानी

पाँचथर । नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका


z