लन्डन टुरको नेपालद्वारा शानदार सुरुवात, हग्स क्रिकेट क्लबलाई २४३ रनले हरायो 

खरीबोट
ad

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले हम्शायर हग्स क्रिकेट क्लबसँग खेलेको पहिलो अभ्यास खेलमा २४३ रनको पराकिलो जित हासिल गरेको छ । 

नेपालले दिएको ३६३ रनको विशाल लक्ष्य पछ्याएको हग्स क्रिकेट क्लब ३७ ओभरमा ११९ रन बनाउदा ल आउट भएको थियो । ह्यारीले सर्वाधिक ३३ रन बनाएका थिए भने टम बाउचरले २२ रन र माइल्सले १८ रन बनाएका थिए ।

हग्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए । १० ओभरमा ललितले ४ ओभर मेडन फाल्दै ३४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्र ऐरीले २-२ विकेट लिए भने करण केसीले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा सबै विकेट गुमाउदै ३६२ रन बनाएको थियो । नेपालका लागि कप्तान पारसले १६१ रन बनाएर आउट भएका थिए । पारसले आफ्नो पारीमा १०६ बलमा १९ चौका र ७ छक्काको मद्धतले १६१ रन बनाएका थिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३७ रन, ज्ञानेन्द्र मल्लले ५, सुबास खकुरेलले ११, शरद भेस्वाकरले १४ रन, आरिफ शेखले १९ रन बनाएका थिए । त्यस्तै सन्दीप लामिछानेले १६ र रोहित पौडेलले ४४ रन बनाएका थिए ।

१६१ रन बनाएका नेपालका कप्तान पारस खड्का खेलको म्यान अफ द म्याच बनेका थिए । 

सम्बन्धित समाचार

क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिइदै, बोर्ड बैठक बोलाइयो 

काठमाडौँ। झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ ।  निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान

टी–२० विश्वकप छनौट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।  यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने

शारजाहमा हुने अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा तीन नेपाली क्रिकेटर समावेश

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको (एपीएल) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु समाबेस गरिएको छ । युएईको शारजाहं क्रिकेट मैदानमा आयोजन हुने एपिएल

नेपाली क्रिकेट टिम शुक्रबार काठमाडौँ फर्किदै, सन्दीप सिपीएल खेल्न नजाने

काठमाडौँ।  एशियन कप क्वालिफायर खेल्न मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार काठमाडौँ आउने भएको छ।  नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम अपराह्न सवा १२ बजे काठमाडौँस्थित


z