• २०८१ बैशाख ७ शुक्रबार

लन्डन टुरको नेपालद्वारा शानदार सुरुवात, हग्स क्रिकेट क्लबलाई २४३ रनले हरायो 

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले हम्शायर हग्स क्रिकेट क्लबसँग खेलेको पहिलो अभ्यास खेलमा २४३ रनको पराकिलो जित हासिल गरेको छ । 

नेपालले दिएको ३६३ रनको विशाल लक्ष्य पछ्याएको हग्स क्रिकेट क्लब ३७ ओभरमा ११९ रन बनाउदा ल आउट भएको थियो । ह्यारीले सर्वाधिक ३३ रन बनाएका थिए भने टम बाउचरले २२ रन र माइल्सले १८ रन बनाएका थिए ।

हग्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए । १० ओभरमा ललितले ४ ओभर मेडन फाल्दै ३४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्र ऐरीले २-२ विकेट लिए भने करण केसीले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा सबै विकेट गुमाउदै ३६२ रन बनाएको थियो । नेपालका लागि कप्तान पारसले १६१ रन बनाएर आउट भएका थिए । पारसले आफ्नो पारीमा १०६ बलमा १९ चौका र ७ छक्काको मद्धतले १६१ रन बनाएका थिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३७ रन, ज्ञानेन्द्र मल्लले ५, सुबास खकुरेलले ११, शरद भेस्वाकरले १४ रन, आरिफ शेखले १९ रन बनाएका थिए । त्यस्तै सन्दीप लामिछानेले १६ र रोहित पौडेलले ४४ रन बनाएका थिए ।

१६१ रन बनाएका नेपालका कप्तान पारस खड्का खेलको म्यान अफ द म्याच बनेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै