रोनाल्डोको टिसर्ट बेचेर युभेन्ट्सले कमायो ६ करोड डलर, यसरी हुदै छ मालामाल 

खरीबोट

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई भित्राएर युभेन्टस एकाएक हरेक दिन चर्चामा आएको छ ।  

रोनाल्डो ल्याउने घोषणा गरेपछि युभेन्टसको सामाजिक संजालका एकाउन्टमा करिब २ मिलियन फलोअर बढेका छन् ।  यसबाट पनि अब युभेन्ट्सले रोनाल्डोलाई ल्याएर क्लबको लोकप्रियता कति बढ्दै छ सजिलै अनुमान गर्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार युभेन्ट्सले रोनाल्डोको नाम लेखेको जर्सी बेचेर मात्र रियल म्याड्रिडलाई तिरेको आधा रकम उठाएको छ ।  करिब ६० मिलियन अमेरिकी डलर त युभेन्ट्सले रोनाल्डोको टिसर्ट बेचेर उठाएको बताइएको छ । मिडियाहरुले रोनाल्डोले कुनै खेल नाखेल्दै क्लबलाई बोनस खुवान थालेको चर्चा गर्न थालेका छन् ।  

रोनाल्डो अहिलेपनि विश्वफुटबलमा ठुलो ब्रान्ड हुन् ।  युभेन्ट्सले यस सिजनका लागि खोलेको टिकटको बुकीङ एक घण्टामै सकिनुपनि रोनाल्डोको लोकप्रियता कति छ भन्ने अनुमान गर्न सकिन्छ ।  क्लबले दिएको जानकारी अनुसार गतबर्ष तिक्त लिएका ९५ प्रतिशत दर्शकले यस सिजनका लागि आफ्नो तिक्त नविकरण गरिसके भने बाँकी ५ प्रतिशत टिकट एक घण्टा मै बिक्रि भयो ।  त्यसमा पनि क्लबले औसतमा ३० प्रतिशत दररेट बढाएको आरोप फ्यानहरुले लगाएका छन् । 

बिजिनेस इन्साइडरले युभेन्ट्सले रोनाल्डोलाई ल्याउने खबर सार्वजनिक भएदेखि अहिलेसम्म सेयर बजारमा युभेन्ट्सको सेयर ४० प्रतिशतले बढेको छ जसको बजार मुल्य लगभग २७० मिलियन अमेरिकी डलर रहेको उल्लेख गरेको छ । 

शेफिल्ड युनिभर्सिटीका प्रोफेसर रब विल्सनले रोनाल्डो डिलमा युभेन्ट्स सबै कुरामा फाइदामा हुने बताएका छन् । रोनाल्डोको आगमनले युभेन्ट्सका लोयल फ्यान संख्या बढ्ने, लिगमा युभेन्ट्सको लोकप्रियता झन् बढ्ने, क्लबले ग्लोबल मिडिया कभरेज पाउने विल्सन बताउछन् ।  विल्सन भन्छन्, अब युभेन्टसले स्पोन्सर, टिभी अधिकारबाट पनि बढी पैसा पाउने भन्दै क्लबका लागि रोनाल्डो फाइदाको डिल भएको बताउछन् ।    
 

सम्बन्धित समाचार

मेसीले गरे रोनाल्डोको यो रेकर्डको बराबरी 

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको एक रेकर्डसँग बराबरी गरेका छन् ।  गएराती भएको रियल भल्लाडोलेडविरुद्धको खेलमा मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै यस सिजनमा आफ्नो ३०औ गोल गरेका छन्

युभेन्टसको जितमा डिबाला र रोनाल्डोको गोल

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको

रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र

पोर्चुगलका १९ बर्षिय फेलिक्सको खेल हेर्न दर्शक बने रोनाल्डो  

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो केहि दिन अघि पोर्चुगल लिगको एक खेल हेर्न लिस्बनमा देखिए । मिडियाले आफ्नो छुट्टीको सदुपयोग गर्न रोनाल्डो त्यँहा गएको उल्लेख गरेपनि रोनाल्डो पोर्चुगल कै १९ बर्षिय


z