• २०८१ बैशाख ८ शनिबार

बलिवुडमा आफ्नो जीवनमा फिल्म बनाएर खेलाडीले कति पैसा पाए ?

kharibot

मुम्बई । बलिवुड अहिले खेलाडीहरुको जीवनीमा आधारित लहर चलेको छ । भारतलाई  १९८३ मा विश्वकप क्रिकेट जिताएका  कप्तान कपिल देवको जीवनीमा आधारित फिल्म बन्न लागेको छ । कपिलदेवको भूमिकामा अभिनेता रनबिर सिंहले छन् । 

यस रिपोर्टमा बलिवुडमा यस अघि बनेका खेलाडीका बायोपिकमा बनेका फिल्मका लागि खेलाडीले कति पैसा पाए त ? कति फिल्मले त सयौ करोडको व्यापार गरेका छन् । महाबिर सिंह फोगटको जीवनीमा आधारित फिल्म दंगलले विश्व बक्स अफिसमा तहल्का थियो । भारतीय बक्स अफिसमा मात्र यस फिल्मले ३९०  करोडको व्यापार थियो भने दंगलले चिनियाँ बक्स अफिसमा २ हजार करोडभन्दा बढीको ब्यापार गरेको थियो । तर यस फिल्मको कथा रहेका कुस्ती खेलाडी महाबिर सिंह फोगटले केवल ८० लाख पाएका थिए ।

त्यस्तै भरतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म एमएस धोनीले भारतीय बक्स असिफमा १३३ करोडको व्यापार गरेको थियो । यस फिल्मका लागि धोनीलाई ६० करोड रुपैया दिईएको थियो । 

त्यस्तै मास्टर ब्लास्टर सचिन तेन्दुलकरको जीवनीमा आधारित फिल्मले बक्स अफिसमा ५० करोडको व्यापार गरेको थियो तर यस फिल्मका लागि सचिनलाई ४० करोड दिइएको थियो ।
त्यस्तै भारतीय बक्सिङ खेलाडी मेरी कमको जीवनीमा आधारित फिल्म मेरी कम बनाइएको थियो । जसमा अभिनेत्री प्रियंका चोपडाले अभिनय गरेकी थिइन् र फिल्म बक्स अफिसमा सफल पनि भएको थियो । तर सो फिल्मका लागि मेरी कमलाई केवल २५ लाख दिइएको थियो ।       

त्यस्तै खेलाडीकै बयोपिकमा बेनका फिल्म अजहर, पान सिंह तोमार, भाग मिल्का भाग जस्ता फिल्मका लागि भने खेलाडीलाई कुनै पैसा दिइएको थिएन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै