वीपीले उहिल्लै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ - सभापति देउवा 

खरीबोट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । 

३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा सभापति देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको भन्दै त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताए ।

शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार भएकोमा वर्तमान सरकारले निषेधित क्षेत्रहरू तोकेर मानिसको विरोध गर्न पाउने अधिकार हनन गरेको उनले बताए।

'वीपी भन्नुहुन्थ्यो- कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैनन्, उहाँले पहिला नै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ', सभापति देउवाले भने, 'यो मानअधिकारविरोधी सरकार हो, निरंकुशता र एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको छ।'

उनले भने, 'राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ ।'  देउवाले कम्युनिस्टहरू 'सच्चा मानेमा प्रजातन्त्रवादी नभएको पुष्टि भएको' दावी गर्दै उनीहरूले भावी दिनमा 'बोल्न र लेख्न समेत नदिने' दावी गरे।

गोविन्द केसीका जयज मागमा काँग्रेसको समर्थन छ भन्दै सभापति देउवाले उनका माग पूरा गर्ने र उनलाई बचाउनु पर्ने बताए । सुशील कोइराला प्रधानमन्त्री छँदा गठित माथेमा कार्यदलले बनाएको प्रतिवेदनअनुसार स्वास्थ्य शिक्षा विधेयक ल्याउनुपर्नेमा सरकारले आफूअनुकूल अध्यादेश ल्याएको बताए। 

सम्बन्धित समाचार

मेलम्चीमा मन्त्री-सचिवले कमिसन मागे – प्रकाशमान सिंह 

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले

निषेधको राजनीतिले द्वन्द्व बढायो : संजय गौतम

बर्दिया । सत्तापक्षले देशमा निषेधको राजनीति गर्दा द्वन्द्व बढेको नेपाली काँग्रेसका सांसद एंव पूर्वसिचाई मन्त्री संजयकुमार गौतमले बताएका छन । चैत्र ७ गते बिहिवार स्व.गिरीजाप्रसाद कोईरालाको ९औं स्मृति दिवसका अवसरमा जी

गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह – डा. शशांक कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् । होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने,

काँग्रेसको निर्वाचन समिति र नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय


z