काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स, काठमाडौँ महानगरपालिका-२, बालुवाटार काठमाडौँबाट बालुवाटार शाखा नामबाट सम्पूर्ण बैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८ हजारभन्दा बढी पिओएस टर्मिनलस र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैनकिङ्क सेवा प्रदान गर्दै आएको छ ।









