• २०८१ बैशाख ७ शुक्रबार

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

kharibot

काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ । 

उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आवमा ८२१ पुगेको थियो । विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको हुनसक्ने् प्रवर्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताइन् । 

“यो वर्ष कसरी मृत्युको संख्या बढ्यो, अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा हुन्छ”, उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै