कानुनमन्त्री शेरबहादुर तामाङले माफी मागे

खरीबोट
ad

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले आइतबार विज्ञप्ति निकालेर साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।

मन्त्री तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, 'मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।' मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिका कारणा लिएर सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ ।

ब‌ंगलादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै मन्त्री तामाङले उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन् । बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको उल्लेख गर्दै मन्त्री तामाङले नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुन नपर्ने आफ्नो भाषणको आशय रहेको समेत बताएका छन् ।

उनले महिलाहरुको आत्म सम्मान, हिंसामुक्त समाज र नारी अस्मीताको रक्षामा आफू सदैव प्रतिबद्ध र क्रियाशील रहने मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

पुर्वकानुनमन्त्री शेरबहादुर तामाङको सरकारलाई प्रश्न : बौद्ध-जोरपाटी सडक कहिले बन्छ ?

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले बौद्ध-जोरपाटी सडक कहिले बन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद तामाङले सरकारलाई सो प्रश्न गरेका

सरकार फुटबल होइन टी–२० क्रिकेट खेलिरहेको छ - कानुनमन्त्री ढकाल 

काठमाडौं। कानुनमन्त्री भानुभक्त ढकालले फुटबल नभइ टी–२० क्रिकेट खेलिरहेको बताएका छन् ।   नयाँ 'मुलुकी अपराध (संहिता) ऐन'ले प्रेसमा पारेको असरबारे अनलाइन पत्रकार संघले शुक्रबार राजधानीमा आयोजना गरेको  अन्तर्क्रिया कार्यक्रममा बोल्दै

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्।   बंगलादेश चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका बारेमा गलत अभिव्यक्ति दिदा विवादमा परेर तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते

कानुनमन्त्री शेरबहादुर तामाङद्वारा आफ्नो पदबाट राजीनामा 

काठमाडौँ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, 'मैले  जीवन जनताको लागि समर्पित गरेको छु।  मैले


z