• २०८१ बैशाख ८ शनिबार

कानुनमन्त्री शेरबहादुर तामाङले माफी मागे

kharibot

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले आइतबार विज्ञप्ति निकालेर साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।

मन्त्री तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, 'मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।' मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिका कारणा लिएर सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ ।

ब‌ंगलादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै मन्त्री तामाङले उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन् । बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको उल्लेख गर्दै मन्त्री तामाङले नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुन नपर्ने आफ्नो भाषणको आशय रहेको समेत बताएका छन् ।

उनले महिलाहरुको आत्म सम्मान, हिंसामुक्त समाज र नारी अस्मीताको रक्षामा आफू सदैव प्रतिबद्ध र क्रियाशील रहने मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै