एनआईसी एशिया बैंकले गर्यो बैंकास्योरेन्स सम्झौता

खरीबोट
ad

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । 

बैंकले मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू.१५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंक बनेको छ । हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।  बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा

पोखरा। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा

एनआईसी एशिया बैंकको ३ नयाँ शाखाको शुभारम्भ 

काठमाडौँ। एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ।   बैंकले धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर


z