• २०८१ बैशाख ८ शनिबार

नारायणकाजीले अनसनरत डा. केसीलाई भेटे

kharibot

काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता नारायणकाजी श्रेष्ठले अनसनरत डा.गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगन्ज पुगेर भेट गरेका छन् ।  

२३औ दिनदेखि अनसनरत डा.केसीलाई भेट्ने श्रेष्ठ सत्तारुढ दलका पहिलो नेता हुन् । भेटमा नेता श्रेष्ठले डा.केसीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेपनि डा.केसीले भने कुनै प्रतिक्रिया नजनाएको बताइएको छ ।

२०औ दिनको दिन सरकारले काठमाडौँ ल्याएका डा. केसीले काठमाडौँ आएपछि सरकारको व्यवहारको विरोध गर्दै आफ्नो स्वास्थ्य परीक्षण गर्न अश्विकार गरेका छन् ।

सरकार र डा.केसी पक्षले दुई चरणमा  त्यसपछि वार्ता हुन् सकेको छैन । प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेको छ भने सरकारले डा.केसीका मागका बारेमा सकरात्मकता देखाएको छैन ।

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै