जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

खरीबोट
ad

काठमाडौँ । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । 

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो । 

सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो । 

सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असूली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबै खाले कामदारको श्रम स्वीकृति रोकेको थियो । 

करीब ४०० जना कामदारले त्यसरी भिसा लागेर पनि कामका लागि जान नपाएको अनुमान गरिएको छ । भिसा प्रक्रिया पूरा गरिसकेका कामदार पनि जान पाएका थिएनन् । भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिएर जान दिन व्यवसायीले माग गर्दै आएका थिए । 

विज्ञप्तिमा मलेसियाली सरकारले भिसा शुल्कबापत रु ७०० मात्र तोकेको सन्दर्भमा स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्र स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी बायोमेट्रिक प्रणालीका नाममा प्रतिकामदार रु चार हजार ५००, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा तीन हजार ५००, पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन दूतावाससम्म पु¥याउने प्रयोजनका लागि वानस्टप सेन्टरका नाममा रु दुई हजार ८००, इमिग्रेसन सेक्युरेटी क्लियरेन्सका नाममा रु तीन हजार २०० तथा भिसा प्रोसेसिङबापत भीएलएनका नाममा रु तीन हजार २०० गरी प्रतिकामदार रु १९ हजार ३२३ का दरले गैरकानूनी रुपमा असुलउपर गरी ठगी गरेको पाइएको जनाइएको छ । 

यस्तो गैरकानूनी कार्य गर्ने संस्थाविरुद्ध रु तीन अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर न्यायिक निरुपणको प्रक्रिया चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर रहेको भन्दै गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार

सन नेपालद्वारा वैदेशिक रोजगार जीवन बीमालेखको कारोबार प्रारम्भ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखसम्बन्धी निर्देशनबमोजिम आवश्यक प्रक्रिया पुरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ वैदेशिक रोजगारीको

मलेसियासँग श्रम सम्झौतालाई अन्तिम रुप दिन आज छलफल हुँदै

काठमाडौँ। नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन आज नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।  छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित

श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली टोली मलेशिया

काठमाडौँ।  नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल आज मलेशिया प्रस्थान गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत


z