• २०८१ बैशाख १३ बिहीबार

 स्थानीय तह र सरोकारवालाको लागि रेडक्रसको खोज, उद्धार तथा राहत सम्बन्धी तालिम 

kharibot

गुल्मी । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह  तालीम  आजदेखि सुरु गरिएको छ ।  

जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालीम सन्चालन गरिएको हो । 

सोमबारदेखि साउन १२ गतेसम्म ६ दिन सन्चालन हुने उक्त तालीममा जिल्लाका १२ बटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइने छ । र   प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुनेछ । 

नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका सभापति अनुप कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा जिल्ला विपद व्यबस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन कार्यक्रममा, प्रहरी उपरीक्षक, गुल्मपति, शसस्त्र प्रहरी नायव उपरीक्षकको समुपस्थिति रहेको थियो ।

नेपाल रेडक्रसद्धारा सन्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तरगत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । 

तालीममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै