• २०८१ बैशाख ४ मंगलबार

बौद्धको सडकमा बाढी आयो  (फोटो फिचर)

kharibot

काठमाडौँ । एकै छिनको बर्षामा चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकमा बाढी आएको छ ।  यसअघि असारमा धान रोपिएको यो सडक प्रधानमन्त्रीको निर्देशन पछि पनि बन्न सकेको छैन।  मंगलबार अपराह्न आधा घण्टाको बर्षामा सडक पानीले  भरिएको छ ।  

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन । 

सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।  अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

तस्बीर : सुरेश पराजुली 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै