• २०८१ बैशाख ४ मंगलबार

फिफा उत्कृष्ट बर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार सूचीमा परेनन्  

kharibot

काठमाडौँ ।  फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०१८ को उत्कृष्ट खेलाडीको लागि १० खेलाडीको मनोनयन सर्वजनिक गरेको छ।  

मंगलबार सार्वजनिक गरेको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सका किलियन एम्बाप्पे, फ्रान्स कै एन्टोनी ग्रिजम्यान, फ्रान्सकै राफेल भेरान, इजिप्टका  मोहमद सलाह, क्रोसियाका लुका मोड्रीच, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुने र इङल्याण्डका ह्यारी केन रहेका छन्।

यस सुचिमा ब्राजिलका चर्चित फुटबलर नेइमार, बेल्जियमका रोमेलु लुकाकु यस सुचिमा परेका छैनन्। 

मनोनयनमा परेका रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने विश्वकपमा ४ गोल गरेका छन्।  

त्यस्तै क्रोसियाका लुका मोड्रीचले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने क्रोसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याएका थिए।  उनी यस विश्वकपका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल विजेता पनि हुन्।  

त्यस्तै लियोनेल मेसीले बार्सिलोनालाई ला लिगा र कोपा डेल रे जिताएका थिए भने अर्जेन्टिनालाई विश्वकप सम्म पुर्याउन ठुलो भूमिका खेलेका थिए । 

त्यस्तै फ्रान्सका एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेले भने एथलेटिको म्याड्रिडलाई यूरोपा लिगको उपाधि जिताएका थिए।  उनले यस विश्वकपमा फिफा ब्रोंज बल र एडिडासको सिल्भर बल जितेका थिए।
 
त्यस्तै ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए भने इङल्याण्डलाई यस विश्वकपमा चौथो स्थानसम्म पुर्याएका थिए।  उनी गएको सिजनमा प्रिमियर लिगमा मोहमद सलाह पछि दोस्रो धेरै गोल गर्ने खेलाडी पनि हुन्। 

त्यस्तै मोहमद सलाह यस बर्षको प्रिमियर लिगको उत्कृष्ट खेलाडी हुन् भने उनले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।        

फिफाले ३ जुलाई २०१७ देखि १५ जुलाई २०१८ सम्म अन्तर्राष्ट्रिय र क्लब स्तरमा गरेको प्रदर्शनलाई आधार बनाएर बर्षको उत्कृष्ट खेलाडी छानिएको बताएको छ । फिफाको ४ सदस्यीय प्यानलले यो सुची छानेको हो।  सो प्यानलमा ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो, इङल्याण्डका फ्रान्क लामपार्ड, ब्राजिलका नाजारियो र इङल्याण्डका पुर्व म्यानेजर फाबियो कापेलो रहेका थिए।

फिफाले यी १० खेलाडीलाई विश्वभरका फ्यानहरुलाइ आगामी अगस्ट १० सम्म मत दिन भनेको छ।  यस सूचीबाट अन्तिम तीन जना छनौट हुने र आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफाको कार्यक्रममा बर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिइने फिफाले जनाएको छ।      
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै