• २०८१ बैशाख ८ शनिबार

एशिया कप क्रिकेटको तालिका सार्वजनिक, नेपाल छनौट भए भारत पाकिस्तानसँग खेल्न पाउने  

kharibot

काठमाडौं । आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ ।

सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् ।

छनौट प्रतियोगिता नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामि अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा आयोजना हुनेछ ।यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।

सार्वजनिक भएको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् । भने यस समुहमा अर्को टिम  छनौट प्रक्रियाबाट आउने टिम हुने छ। 

छनौट प्रतियोगिता जितेर जाने एक टोली यो समुहमा थपिनेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् । 

आइसीसीले  तालिका अनुसार १५ सेप्टेम्बरमा बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा  पाकिस्तान र क्वालिफायरबाट आएको देशबीच, १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र क्वालिफायरबाट आएको देशबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।  

त्यस्तै समुह चरणबाट शिर्ष ४ टिम एक अर्कासंग खेल्ने छन् भने शिर्ष २ टिम फाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल २८ सेप्टेम्बरमा हुने छ।    

नेपालले क्वालिफायरमा छनौट भएमा भारत र पाकिस्तानसँग  खेल्ने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै