• २०८१ बैशाख ८ शनिबार

६० वर्षपछि पत्ता लाग्यो मलेरियाको औषधि ! रोगीहरुमा प्रयोग गर्न अमेरिकाको अनुमति 

kharibot

फाइल तस्बिर

अमेरिका । मलेरिया नामक रोग ठीक भए पनि यसको अंश कलेजोमा रहिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ  जसका कारण पुनः यसले शरीरमा खतरा सिर्जना गर्छ । यो रोगबाट पीडित हुने मानिसको संख्या ८५ लाख रहेको बताइन्छ । 

अमेरिकाले हालै मात्र प्लाजमोडियम विवाक्स नामको यो मलेरियाको उपचारको लागि एउटा खास औषधिलाई अनुमति प्रदान गरेको छ । पछिल्लो ६० वर्षमा यसको रोकथामको लागि औषधिको खोजीमा वैज्ञानिकहरु जुटेका थिए । ट्याफेनोक्वाइन नामक औषधिलाई अनुमति दिइएको जनाइएको छ । अब यसको विश्वव्यापी परीक्षण हुनेछ । यदि सफल भए मलेरिया प्रभावितका लागि ठूलो राहत हुने विश्वास गरिएको छ । 

यो खालको मलेरिया आम मलेरिया हो । एकचोटि निको भए पनि पछि फेरि बल्झिने किसिमको हुने भएकाले यसलाई खतरनाक मलेरिया मानिन्छ । संक्रमितबाट अरुमा समेत फैलिनसक्ने खतरा हुन्छ । खासगरी लामखुट्टेले दोस्रो व्यक्तिमा यो रोग सारिदिन सक्छ । 

अमेरिकाको खाद्य एव) औषधि प्रशासन (एफडीए)ले यो औषधिलाई मान्यता दिएको हो । यसले कलेजोमा रहने यसका जीवाणुलाई समूल नष्ट गरिदिने दाबी गरिएको छ । यो औषधि एकै पटकमा रोग निको पार्ने बताइएको छ । जबकि प्राइमाकिन नामको औषधि १४ दिनसम्म लिनुपर्छ । 

अमेरिकाले अमेरिकीहरुमा प्रयोग गर्नलाई यो औषधिलाई मान्यता दिएको हो । तर उसले यसबाट पर्नसक्ने अन्य असरहरुबारे भने सचेत हुन आग्रह गरेको छ । कम रगत भएकाहरुलाई यो औषधि नलिन भनिएको छ । त्यसैगरी मनोवैज्ञानिक रोगबाट पीडितले पनि यो औषधि लिन नहुने भनिएको छ । 

यसका निर्माताले भने मलेरियाले ग्रस्त भएकाहरुलाई भने यो औषधि वरदान साबित हुने दाबी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै