• २०८१ बैशाख ६ बिहीबार

काभ्रेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

kharibot

बनेपा।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित विपी राजमार्गमा माइक्रो बसले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा जिल्ला तारापट्टी बस्ने वर्ष ३६ का सत्यनारायण साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ५२१५ नम्बरको माइक्रो बसले धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ज११प १२९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार गरी दुई जना सख्त घाइते भएको र उपचारका क्रममा चालकको मृत्यु भएको हो । 

सोही मोटरसाइकलमा पछाडि बस्ने सिरहाका प्रदीपकुमार महतो घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । 

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै