• २०८१ बैशाख ८ शनिबार

आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप, केहि पक्राउ 

kharibot

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच शिक्षण अस्पताल महाराजगञ्जमा झडप भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।  प्रहरीले करिव ३० जना आन्दोलनरत चिकित्सकहरुलाई पक्राउ गरेको छ । 

चिकित्सकहरूलार्इ प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ। प्रहरीले अन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लाठि प्रहार गर्दै केहीलाई पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा ल्याइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै