• २०८१ बैशाख ६ बिहीबार

डा. केसीको माग पुरा गर्न प्रधानमन्त्री सकारात्मक, आजै सहमति हुने सम्भावना !

kharibot

काठमाडौँ।  बुधबार बिग्रिएको सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ताको वातावारणमा आज सकरात्मक प्रगति भएको छ।  

प्रधानमन्त्री केपी  ओल , नेकपाका नेता सुबास नेम्वाङ्गसहित डा.केसी पक्षका केहि सदस्य बीच सकारात्मक छलफल भएको बताइएको छ। 

बालुवाटार स्रोतका अनुसार काठमाडौँमा १० बर्षसम्म मेडिकल खोल्न नपाइने बाहेक डा.केसीका अन्य मागमा सरकार सहमत भएको छ। तर प्रधानमन्त्री ओलीले संसदमा दर्ता भएको विधेयक संसदीय प्रक्रिया अनुसारनै संशोधन गरी डा.केसीका माग सम्बोधन गरिने भएको छ ।  

यस विषयमा विहिबार बिहान पनि प्रधानमन्त्रीले प्रा. डा. केदारभक्त माथेमा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटासँग छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्रीले डा.केसीको अनसनमा राजनीतिकरण भएकोमा असन्तुष्टि जनाएको बताइएको छ।  उनले डा. केसीलाई प्रयोग गरेर सरकार ढाल्ने सम्मको खेल भएको भन्दै केसीका माग  पुरा गर्न सरकार सकारात्मक रहेको तर कुनै दल विशेषका लागि प्रयोग भएको हो की भन्ने आशंका अझै कायम रहेको बताएका थिए। 

शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी-सरकार वार्ता अवरूद्ध भएको थियो।

बुधबार अबेर राति प्रधानमन्त्री ओलीले डा. केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल समेत गरेका थिए । अब फेरी नबिथोलिएमा सरकार र डा.केसी पक्षबीच आज बताइएको छ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै